पूर्वमन्त्री गुरुङको पहलमा १३ पुल र कजवेका लागि करोडौ बजेट

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको निर्वाचन क्षेत्र नं. २ को प्रदेश २ क्षेत्रमा गत पाँच वर्षको अबधिमा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङको पहलमा मोटरेवल पुल तथा कजवे निर्माणका लागि १३ वटा योजना छनौट भई १५ करोड भन्दा बढि रकम विनियोजन भएको छ ।

गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री समेत रहेका गुरुङको सचिवालयका अनुसार तनहुँ क्षेत्र नम्बर २ को १ क्षेत्र भित्र पर्ने शुक्लागन्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नरपालिकाको वडा नम्बर ५ र ६ का विभिन्न १३ वटा मोटरे ल पुल र कजवे निर्माणको लागि उक्त रकम विनियोजन भएको हो ।

ती योजना मध्ये कजवेहरु निर्माण सम्पन्न भईसकेको छ भने ठुला पुलहरु निर्माणको क्रममा रहेको छ । उनको पहलमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, विज्ञान प्रविधि, खेलकुद तथा जनताको अन्य विकासका आवश्यकताहरु सम्बोधन भएको बताइएको छ । गुरुङको पहलमा आर्थिक वर्ष २०७७/०७८ मा सडक पुल तर्फ शुक्लागन्डकी नपाको ५ र ८ जोड्ने सेतीनदीमा मोटरेवल पुल निर्माणको लागि ३ करोड, शुक्ला ८ र भिमाद नपा ८ जोड्ने क्याङदी खोलामा मोटरेवल पुल निर्माणको लागि १ करोड रुपैयाँ बिनियोजन भएको छ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा गुरुङ अर्थमन्त्री हुँदा विनियोजन भएको बजेटबाट म्याग्दे ४ को तालचोक कजवेपुलको लागि १० लाख, म्याग्दे ७ र व्यास नपा ६ जोड्ने जोर्तेरह सडक पुल निर्माणको लागि डिपिआर गर्न १० लाख, म्याग्दे ५ र ७ जोड्ने जनजागृती मार्गको मिन मावि पछाडीको म्याग्दे खोलमा पुल निर्माणको लागि ४० लाख, शुक्लागण्डकी १० र ११ जोड्ने क्याङदी खोलाको ज्याङलादी दोभानमा मोटरेवल पुल निर्माणको लागि ४० लाख, म्याग्दे खोलाको बेलसोतीमार्गमा मोटरेवल पुल निर्माणको लागि ४० लाख, शुक्लागन्डकी नपाको ५ र ८ जोड्ने सेती नदीमा मोटरेवल पुल निर्माणको लागि ३ करोड ७५ लाख रुपैयाँको योजना कार्यान्वयन भईरहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा गुरुङ अर्थमन्त्री हुँदा विनियोजन भएको बजेटबाट शुक्लागण्डकी नपाको ५ र ८ जोड्ने सेती नदीमा मोटरेवल पुल निर्माणको लागि ४ करोड ९० लाख, शुक्लागन्डकी नपा १० र भिमाद नपा ८ जोड्ने क्याङदी खोलामा पुल निर्माणको लागि ५० लाख र शुक्लागन्डकी नपा २ को जुवादी खोला सानीगाउँ जाने पुल निर्माणको लागि १५ लाख बिनियोजन भई ती योजनाहरु सन्चालन भईरहेको छ ।

यस्तै, गुरुङ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा अहिले आफ्नो पक्षमा मत माग्दै निर्वाचन कार्यक्रम तीब्र पारेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker