तनहुँ समाज हङकङद्वारा ८ विद्यालयलाई सरसफाइ सामाग्री सहयोग

दमौली : तनहुँ समाज हङकङले तनहुँका ८ विद्यालयलाई सरसफाइ सामग्री सहयोग गरेको छ । बिगत लामो समयदेखि तनहुँको सामाजिक सेवामा सक्रिय रहदै आएको समाजले सरसफाई सामाग्री सहयोग गरेको हो ।
बहुअपाङ्गता भएका बालबालिकालाई सन् २०१५ बाट निरन्तर सहयोग गर्दै आएको समाजले विहीबार बहुअपाङ्गता भएका बालबालिका अध्ययन गर्ने ७ वटा र अभिभावकविहीन बालबालिका अध्ययन गर्ने एक गरी ८ वटा विद्यालयलाई सहयोग गरेको हो । जसमा व्यास नगरपालिकाका ७ विद्यालय र शुक्लागण्डकी नगरपालिकाको एक विद्यालय रहेको छ ।
व्यास नगरपालिका–१ स्थित वृद्ध दाहाल बहिरा आवासिय विद्यालय, व्यास–२ स्थित जनसेवा प्राथमिक विद्यालय, व्यास–५ स्थित सिन्धु आधारभुत विद्यालय, व्यास–१३ स्थित सिद्धवेनी आधारभूत विद्यालय, व्यास–१० स्थित चण्डीदेबि माध्यमिक विद्यालय, व्यास–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय र व्यास–७ स्थित व्यासनगर समता आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । साथै शुक्लागण्डकी–७ स्थित शुक्ला आधारभूत विद्यालयका बहुअपाङ्गता भएका बालबालिकालाई पनि सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र कार्यक्रम संयोजक पत्रकार प्रदीप काफ्लेले विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । बिगतदेखि नै आवासिय रुपमा विद्यालयमा बसेर अध्ययन गरिरहेका बालबालिकाको आवश्यकता अनुसार सहयोग गदैै आएको र यसवर्ष पनि विद्यालयले मागेबमोजिम सरसफाइ सामाग्री सहयोग गरिएको समाजका गुरुङले बताए । उनका अनुसार नुहाउने तथा कपडा धुने साबुन, फिनेल, हार्पिक, डस्टबिन लगायतका सफाइ सामग्रीहरु सहयोग गरिएको हो ।
उक्त सामाग्रीहरु वितरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङले समाजका तर्फबाट फरक क्षमता भएका बालबालिकाका लागी सहयोग गर्न पाउदा निकै खुशी लागेको बताए । साथै गरिएको सहयोगलाई निरन्तरता दिइने पनि प्रतिवद्धता व्यक्त गरे । समाजले बालबालिकाको पठनपाठनमा सहयोग गर्न दमौली स्थित नेपाल इनभेष्टमेन्ट मेघा बैकमा १५ लाखको अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकालाई सहयोग गर्दै आएको गुरुङले बताए ।
समाजले हङकङमा बसोबास गर्दै आएका तनङ्गेसँगको समन्वयमा सांस्कृति कार्यक्रमको आयोजना गरि तथा अन्य माध्यमबाट रकम संकलन गर्दै १२ वर्षदेखि निरन्तर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । हालसम्म शैक्षिक क्षेत्र, गम्भिर प्रकृतिका रोगबाट पीडित बनेकाको उपचार तथा प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि सहयोग गर्दै आएको छ ।
साथै समाजले ०७२ सालको भुकम्पपछीको पुननिर्माण, कोभिड नियन्त्रण र न्युनिकरणमा पनि सहयोग गरिसकेको छ भने जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र पर्यटनका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker