पञ्चमुनिदेव माविको प्रधानाध्यापकमा भण्डारी

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको प्रधानाध्यापकमा एकनारायण भण्डारी नियुक्त भएका छन् ।
जिल्लाकै नमुना विद्यालयको रूपमा स्थापित यस विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्ल यही असोज २९ गते अनिवार्य अवकाश हुने भएपछि मल्लले प्रधानाध्यापक पदबाट राजिनामा दिएका थिए ।
प्रधानाध्यापक मल्लको राजिनामालाई विद्यालय व्यवस्थापन समितिले स्वीकृति गरेपछि रिक्त पदमा सहायक प्रधानाध्यापक भण्डारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएर बुधबार नियुक्त गरिएको हो ।
नवनियुक्त प्रधानाध्यापक भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठलाई बुधबार ध्रुवकुमार मल्लले आफ्नो सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
मल्ल करिब ३५ बर्ष अनवरत रूपमा शिक्षक तथा प्रधानाध्यापक पदको सफलतापूर्वक जिम्मेवारी सम्हालेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker