बन्दीपुरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा नोट्रेडम माध्यमिक विद्यालयका स्पन्दन थापा प्रथम, भानु माध्यमिक विद्यालयकी संचिता गुरुङ द्वितीय तथा नोट्रेडम माध्यमिक विद्यालयकै एक विद्यार्थी तृतीय हुन सफल भएका छन्। त्यसैगरी पवित्रा माध्यमिक विद्यालयकी नमुना मिश्रले सान्त्वना स्थान हासिल गरेका छन् ।
विजेताहरूलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उनीहरूलाई प्रमाणपत्र, खादा र टिकासहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यार्थीहरूमा आत्मविश्वास, तार्किक क्षमता, नेतृत्वदायी गुण तथा प्रभावकारी अभिव्यक्ति कलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।
बन्दीपुर गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछाने, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
सहायक शिक्षा अधिकृत सिर्जना अधिकारीले सहजिकरण गरेको कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा वक्तृत्वकला विकासमा महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker