मुक्ति समाज तनहुँको अध्यक्षमा लामगादे निर्वाचित
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल उत्पिडित जातीय मुक्ति समाज तनहुँको अध्यक्षमा भरत लामगादे निर्वाचित भएका छन् । समाजको शनिबार दमौलीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट लामगादेको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
कमिटप्को उपाध्यक्षमा मनोजकुमार सुवर्णकार र फुलमाया नेपाली, सचिव टोपबहादुर रामदाम, कोषाध्यक्ष कोपीला नेपाली तथा उपसचिवहरुमा रुद्रविर विक र सन्तोष विक निर्वाचित भएका छन्।
मुक्ति समाज तनहुँका अध्यक्ष सिताराम सुर्खालीको अध्यक्षतामा आयोजित कार्यक्रममा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य सविता रसाइली, मुक्ति समाजका केन्द्रीय सचिव धनबहादुर परियार, एमाले केन्द्रीय सल्लाहाकार एकबहादुर राना, एमाले गण्डकी प्रदेश कमिटीका सदस्य मोहन सुनार लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा तनहुँमा जातीय मुक्तिको आन्दोलनमा महत्वपुर्ण योगदान दिनु भएकोमा मुक्ति समाज तनहुँका पुर्व अध्यक्ष रामलिला सुवर्णकारलाई दोसल्ला ओढाएर सम्मान समाजका विकास सुनारले बताए ।










