ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण गर्दै । गाउँपालिकाले वाषिर्क नीति, कार्यक्रम र बजेटमा उल्लेख भए बमोजिम वडा नम्बर १ र २ का ८० वर्ष उमेर नाघेका २७५ जना ज्येष्ठ नागरिकलाई शनिबार न्यानो कपडा, हर्लिक्स, स्यानीटाइजर र मास्क वितरण गरेको छ । अभिभावकको सुरक्षा सबैको कर्तव्य भएकाले अन्य वडामा पनि क्रमशः सहयोग गर्ने अध्यक्ष थापाले बताएका छन् । तस्विर : भञ्ज्याङ










