तनहुँमा १७४ क्षयरोगीका विरामी

भञ्ज्याङ न्यूज

जिल्लामा चालु आर्थिक वर्षमा १७४ जना क्षयरोगका बिरामी थपिएका छन् । साउनयता २९ प्रतिशतले महिला र ७१ प्रतिशत पुरुष क्षयरोगका बिरामी थपिएका हुन् ।

विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय र व्यास नगरपालिकाले आयोजना गरेको अन्तर्क्रियामा सबैभन्दा बढी व्यास नगरपालिकामा ४६ क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले बताए । उनका अनुसार सबैभन्दा कम ऋषिङ गाउँपालिकामा २ जना बिरामी भेटिएका छन् ।

शुक्लागण्डकी नगरपालिकामा ३६, भानु नगरपालिकामा २१, म्याग्दे गाउँपालिकामा १४, आँबुखैरेनीमा १४, भिमाद नगरपालिकामा ११, बन्दीपुर गाउँपालिकामा ११, घिरिङ गाउँपालिकामा १० र देवघाट गाउँपालिकामा ९ जना नयाँ बिरामी फेला परेका छन् । गतवर्ष जिल्लामा ३ सय १२ जना नयाँ क्षयरोगी भेटिएका थिए । जसमध्ये १६ जनाको मृत्यु भएको सूचना अधिकारी कँडेलले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म १० जना क्षयरोगका बिरामीको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा धेरै व्यासमा ४ जनाको मृत्यु भएको छ । कँडेलका अनुसार १४ वर्ष उमेर समूहका ३.९ प्रतिशत, १५ देखि ६४ वर्ष उमेर समूहका ७४.७ प्रतिशत र ६५ माथिका उमेर समूहका २१.५ प्रतिशत व्यक्तिमा क्षयरोगको संक्रमण देखिएको छ । क्षयरोगको उपचार सफलताको दर पनि ८६.३ प्रतिशत रहेको छ ।

क्षयरोग संक्रमण वृद्धिमा तनहुँ गण्डकी प्रदेशकै तेस्रो जिल्ला भएको तर सफलता दरमा कमजोर बनेको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘समाजमा अपहेलित हुन्छु भनेर लुकाउने, नियमित औषधि सेवन नगर्ने, स्वास्थ्य परीक्षण नगर्ने, लक्षण थाहा नहुने, हेलचक्य्राइँ गर्ने जस्ता कारणले गर्दा संक्रमण फैलिएको छ ।’

गत आर्थिक वर्षमा ३ सय १२ जना क्षयरोगका बिरामी पत्ता लगाइएको उनले बताए । ‘निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधि उपलब्ध हुँदा पनि क्षयरोगका बिरामी अझै लुकेर बसेका छन्,’ उनले भने, ‘नियमित औषधि सेवन गरे स्वस्थ मानिसमा सर्दैन । औषधि सेवन गरेका छैनन् भने एक जना बिरामीले एक वर्षमा १० देखि १२ जनालाई संक्रमण फैलाउन सक्छ ।’ क्षयरोगी स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउन आनाकानी गर्ने दमौली अस्पतालका मेडिकल अधिकृत सुशील विकले बताए । उनले भने, ‘बिरामीले एक हप्ता औषधि खाएर छाड्ने बिरामी पनि धेरै छन् । समाजले नराम्रो सोच्छ भनेर धेरै खुल्न चाहनुहुन्न ।’

क्षयरोग फोक्सो र शरीरका अन्य भागमा लाग्ने गरी दुई प्रकारको हुन्छ । खकारमा रगत देखापर्नु, खाना नरुच्नु, साँझपख हल्का ज्वारो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, वजन घट्दै जानु र थकाइ लाग्नु जस्ता क्षयरोगका लक्षणहरू हुन् । अधिकृत विकले भने, ‘नियमित रूपमा औषधि सेवन गरे क्षयरोग पूर्ण रूपमा निको हुन्छ । यसको औषधि सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker