भूमि समस्या समाधान आयोग तनहुँका सदस्यहरुको शपथग्रहण

दमौली : भूमि समस्या समाधान आयोग तनहुँका नवनियुक्त सदस्यहरुले विहीबार दमौलीमा एक कार्यक्रमका बीच शपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवालले विज्ञ सदस्य श्रीराम कार्की, सदस्य रामचन्द्र उपाध्याय र महिला सदस्य आशा थापालाई शपथग्रहण गराएका थिए ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद केदार सिग्देलले आयोगले परिणाम दिने गरी काम गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तहसँग समन्वय गरेर आयोगले वास्तविक भूमिहिनको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका पूर्व केन्द्रीय सदस्य एकबहादुर राना, पूर्व जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सापकोटा लगायतले भूमिहिनको समस्या समाधानका लागि वर्तमान आयोग सफल हुनुपर्ने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker