देवघाट गाउँपालिकाद्वारा घुम्ती शिविरबाट परिचयपत्र वितरण

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले घुम्ती शिविरबाट फरक क्षमता भएका ब्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचयपत्र वितरण सुरु गरेको हो ।

गाउँपालिका उपाध्यक्ष तथा स्थानीय समन्वय समिति संयोजक बिमला थापाको अध्यक्षता आयोजित शिविर शुभारम्भ गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुबिधा ब्यवस्थापनमा कुनै कमि नगरिने बताए ।

कार्यक्रममा देवघाट-४ का वडा अध्यक्ष पदम बहादुर गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको क्षमतालाई पहिचान गरी सरकारले सम्मान गर्नुपर्ने र त्यसैका लागि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेको बताए ।

गाउँपालिका कात्तिक १६ गतेसम्म घुम्ती शिविर सेवा प्रवाह गर्ने भएको छ । शिविर उद्घाटन कार्यक्रममा लेखा शाखा प्रमुख उमानाथ ढकाल, देवघाट गाउँपालिका अपाङ्ग सरोकार समितिका अध्यक्ष ऋषिराम लामिछाने लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker