व्यास नगरपालिकाले ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याइने

व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा आवासीय विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र रहेका नाजुक परिवारका बालबालिकामा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले समता विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेको विद्यालय तथा क्याम्पसस्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने उहाँले बताउनुभयो ।

व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गरिनेछ । उहाँले भन्नुभयो, “नगरपालिकाभित्र रहेका विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यपुस्तक र माध्यमिक तहका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउने व्यवस्था मिलाइने छ ।”

‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिनेछ । नगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का वर्गका छात्रछात्रालाई अध्ययन गर्नका लागि अनुसन्धान अनुदान एवं छात्रवृत्ति सहयोग पु¥याइने नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker