तनहुँ प्रहरीले २६ जना फरार प्रतिवादी प्रक्राउ गर्‍यो, माछा मार्ने ९ जना युवालाई कारवाही

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका २६ जना फरार व्यक्तिहरुलाई पक्राउ गरेको छ। तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्य त्रि्रता दिएको छ ।

प्रहरीले आइतबार वन मुद्दामा बिगत ९ बर्षदेखि फरार रहेका रिसिङ गाउँपालिका-५ पिपलटार बस्ने बर्ष ५२ को कुल बहादुर दरैलाई पक्राउ गरेको छ । दरै उपर तनहुँ जिल्ला अदालतको २०६८ असार २३ गतेको फैसलाले ५ महिना २६ दिन कैद र ३८ हजार २२० रुपैया जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।

वन मुद्दामा फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार २ जना, गाली बेइज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, कुलोपानी मुद्दामा फरार १ जना, कुटपिट मुद्दामा फरार ३ जना, लुटपिट मुद्दामा फरार २ जना, करकाप मुद्दामा फरार २, मानसिक तथा शारिरिक हिंसा मुद्दामा फरार १ जना, जालसाजी मुद्दामा फरार २ जना, लागु औषध मुद्दामा फरार २ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी २६ जना व्यक्तिहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरिएको तनहुँ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

पक्राउ परेका व्यक्तिहरुबाट तोकिएको जरिवाना जम्मा ७० हजार १०४ रुपैयाँ र ५ महिना २६ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्त तिमिल्सिनाले बताए ।

त्यस्तै, अबैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्ने व्यक्तिलाई पनि तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार रातीको १२:३० बजे बन्दिपुर-४ सानोडुम्रे स्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारिरहेको अवस्थामा भानु-१ कल्याणटार बस्ने ९ जना युवालाई इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका युवाहरुले प्रयोग गरेको मेशिन तथा टाँगा सहित जलचर ऐन २०१७ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराएकोमा उनहरुलाई जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको प्रवक्ता प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker