तनहुँको व्यास नगरपालिकाको बहुउद्देश्यीय कम्प्लेक्सका लागि ऋण सम्झौता
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको बहुउद्देश्यीय कम्प्लेक्स निर्माणका लागि ऋण सम्झौता गरिएको छ । नगरपालिकाले कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषसंग ऋण सम्झौता गरेको हो । नगरपालिका हाताभित्र रहेको करिब २.५ रोपनी क्षेत्रफलमा व्यास बहुउद्देश्यीय कम्प्लेक्स निर्माणका लागि सोमबार नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नगरपालिकाको पुरानो कार्यालय भवन, सभाहल लगायतका संरचनाहरु हटाए । बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गरिने नगरप्रमुख न्यौपानेले बताएका छन् । करिब २८ करोड ८५ लाख ४४ हजार रुपैयाँको लागतमा कम्प्लेक्स निर्माण गरिने भएको छ । भवन निर्माणका लागि नगर विकास कोषको ७० प्रतिशत अर्थात २० करोड १९ लाख ८० हजार ८ सय रुपैयाँ र व्यास नगरपालिकाको ३० प्रतिशत ८ करोड ६५ लाख ६३ हजार २ सय रुपैयाँ लगानि हुने बताइएको छ ।










