बाढीपहिरो पीडितको उद्धार तथा राहतमा खट्न कार्यकर्तालाई नेकपा एमाले तनहुँको अपिल

भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले अविरल वर्षासंगै आएको बाढीपहिरोबाट पीडित भएकाहरुको उद्धार तथा राहतमा खट्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको छ । बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति प्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना सहित राहत तथा उद्धारमा खट्न सम्पूर्ण पार्टीपंक्ति, कार्यकर्ता तथा जनतामा अपिल गरेको हो ।

नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै असार १६ गतेदेखिको अविरल वर्षाले तनहुँका विभिन्न स्थानहरुमा ठुलो जनधनको क्षति पुर्‍याएको हुँदा जनतामा समस्यापर्दा सक्दो सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो भनिएको छ ।

विज्ञप्तीमा यो प्राकृतिक विपत्तिको समयमा प्रत्येक सरकारका सम्वन्धित निकायहरु सक्रियतापूर्वक उद्धार, राहत र उपचारमा जुटिरहेका छन् । यस्तो अवस्थामा राजनैतिक तथा समाजिक संघसंस्थाहरु समेत सहयोगमा जुट्नु पर्ने भनिएको छ ।

विज्ञप्तीमा पार्टीका सबै स्थानीय कमिटीहरु (गाँउ, नगर, वडा), नेता, कार्यकर्ताहरु आफनो आफनो कार्यक्षेत्रमा यथाशिघ्र सहयोगमा जुटन् आग्रह गरिएको छ । साथै मौसमविज्ञहरुबाट अझै केही दिन वर्षा हुने प्रक्षेपण भएकाले थप क्षतिबाट जोगाउन, बाढी पहिरोको जोखिम प्रति सजग रहन/गराउन समेत नेकपा एमाले जिल्ला कमिटी तनहुँ सबैमा हार्दिक अनुरोध गर्दछ भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker