तनहुँमा कोभिड-१९ संक्रमितको संख्या बढ्दो, आज पनि थपिए १६ जना

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा पछिल्लो केही दिन यता दैनिक जसो कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या थपिदै गएका छन् । संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ पश्चात गरिएको परिक्षणमा दैनिक जसो नयाँ संक्रमित व्यक्तिहरु थपिदै गएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय आज सार्वजनिक गरेको विवरणमा तनहुँका १६ जनामो संक्रमण पुष्टि भएको छ । विवरण अनुसार व्यास नगरपालिकामा ८ जना शुक्लागण्डकी नगरपालिकामा ७ जना र भानु नगरपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा भानु नगरपालिका-३ की ५८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेजको फिवर क्लिनिमा गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा व्यास नगरपालिका-२ का ३१, २७, ८, ४८ वर्षका पुरुष र वडा नं. ४ का २६, ३७, १५, ६० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
शुक्लागण्डकी नगरपालिका-९ का २८ वर्षीय पुरुष, वडा नं. ६ का २१ वर्षीय पुरुष र ३५, १२, ६८ वर्षीया महिला, वडा नं. १० का २७ वर्षीय पुरुष, वडा नं. ५ का ४३ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जानकारी गराएको छ ।
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले शनिबार सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा हालसम्म ६४८ जनामा संक्रमण पुष्टि भएको छ भने ४१५ जना निको भएर घर फर्किएका छन् । जिल्लामा हाल २२४ जना सक्रिय संक्रमित रहेका छन भने एकै परिवारका ३ जना सहित ९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।










