व्यास नगरपालिकामा कृषि जैविक विविधता कार्यक्रम सञ्चालन गर्ने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले ५ वटा वडामा कृषि जैविक विविधता कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले व्यास ५ र ६ तथा ७, ९ र १० वडाका जग्गा समेटेर दुइ वटा क्लस्टरमार बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको सोमबार बसेको नियमित बैठकले नेपाल सरकार बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन प्रक्रिया २०७७ बमोजिम धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगर प्रवक्ता एवं वडा नं. ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

उक्त कार्यक्रम सञ्चालन तथा सहजीकरणका लागि बैठकले वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले करको दर पुनरावलोकन तथा दायरा बढाउने समेत निर्णय गरेको छ । बैठकले यसका लागि आगामी नगर सभामा मस्यौदा प्रस्ताव तयार पार्नका लागि राजस्व परामर्श समितिलाई निर्देशन दिएको छ । समितिले दिएको प्रस्तावका आधारमा यस सम्बन्धमा थप निर्णय हुने बताइएको छ ।

बैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्य विधि २०७५ लाई संसोधन तथा ३४औं नगर सभाको तयारी गर्न विषयगत समिति, शाखा तथा उपशाखाहरुलाई निर्देशन गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker