गण्डकी प्रदेशका सांसदद्वय कोइराला र गुरुङद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट
भञ्ज्याङ समाचारदाता (दमौली)

गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र निर्वाचन क्षेत्र नं. १ प्रदेश -क)बाट प्रत्यक्ष तर्फाट निर्वाचित प्रदेश सभा सदस्य आशा कोइराला र रामबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट गरी र्सार्वजनिक गरेका छन् । सांसद कोइरालाले भवन निर्माण, सडक, पार्क, खेल मैदान लगायतका पूर्वाधारका आयोजनालाई प्राथमिकतामा रखि बजेट विनियोजन गरेकी छन् ।
सांसद कोइरालाले शुक्लागण्डकी नगरपालिका-२ मा शहिद स्मृति पार्कलाई २५ लाख, वडा नं. ३ को शहिद कृष्ण मावि भवन निर्माणलाई २५ लाख, वडा नं. १ थप्रेकको अमृत आमा समुह भवन निर्माणलाई ५ लाख, वडा नं. २ गाछेपानी भुलभुले बारही मोटर मार्गलाई ६ लाख, वडा नं. ५ वेलचौतरा स्थित शुक्ला नागढुंगा शवदाहा गृह निर्माणका लागि १० लाख, वडा नं. ६ खैरेनीटार जनसेवा मोटर मार्गलाई १० लाख, वडा नं. ७ शहिर गिता मार्ग ५ लाख, वडा नं. ८ लालिम खेल मैदानलाई ५ लाख, वडा नं. ८ डहरे सामुदायिक भवनलाई ५ लाख, वडा नं. ९ को बाजस्थल खेल मैदानलाई ५ लाख, वडा नं. १० को देउराली आमा समुह भवनलाई १० लाख, वडा १२ को जामुने फेदी सामुदायिक भवनलाई ५ लाख र वडा नं. ११ राइपुरको राजपुर माविलाई ६ लाख रुपैयाँ बजेट विनियोजन गरेकी छन् ।

त्यस्तै, म्याग्दे गाउँपालिका २ को पसले-फौजदार गाउँ मोटर मार्गलाई १० लाख, वडा नं. ३ को एकता मगर समाज भवनलाई ८ लाख, वडा नं. ४ को छाङ थर्पु मोटर मार्गलाई १४ लाख, वडा नं. ५ को आठ शहिद पार्कलाई ८ लाख, म्याग्दे ६ को अकला क्षेत्रेभञ्ज्याङ कृषि मोटर मार्गलाई १० लाख रुपैयाँ, वडा नं. ७ को डाडा गाउँ भ्युटावर निर्माणका लागि ८ लाख, वडा नं. २ को न्यू भिजन युथ क्लव भवन निर्माणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
व्यास नगरपालिकाको वडा नं. ६ अम्रेनी स्थित गैरीडाडा कुलो मर्मतका लगि ५ लाख, वडा नं. ६ के भगेरीमा कृषि उपज संकलन केन्द्रका लागि ५ लाख रुपैयाँ, शुक्लागण्डकी ७ खैरेनीको डाङडुङे खोल्सी सिडी निर्माणका लागि २ लाख रुपैयाँ र प्रशासनिकर् खका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सांसद गुरुङको योजना
त्यस्तै, गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ क्षेत्र नं. १ प्रदेश (क) मा सडक र भवन निर्माणलाई प्रथमिकता दिंदै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष तर्फाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ संयोजक तथा सांसद डोबाटे विक, सरिता गुरुङ सदस्य र पूर्वव्ााधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना सदस्य सचिव रहेको समितिले विभिन्न योजनाको टुंगो लगाएको छ ।
समितिले व्यास नगरपालिका-४ स्थित सुवर्ण मोटरमार्गका लागि २५ लाख रुपैयाँ, व्यास नगरपालिका १० स्थित कलेस्ती पुलबाट अधेरीभञ्ज्याङ हुँदै धैरैनी बाटो स्तरीकरण्का लागि २५ लाख बजेट विनियोजन भएको छ । व्यास नगरपालिका ९ स्थित अमर सहित मोटर्रमर्ग र व्यास नगरपालिका ११ स्थित बेलटारी मूलपानी मोटरमार्गका लागि ९/९ लाख रुपैयाँ बजेट विनियोजन भएको सांसद गुरुङको सचिवालयले जनाएको छ ।
व्यास नगरपालिका १० स्थित चन्द्रकान्तचोक हुँदै नयाँ बस्ती माई थुम्का मोटरमार्ग -शेवरको चौतराबाट उज्ज्वलचोकसम्म ग्रावेल)का लागि ११ लाख रुपैयाँ, व्यास नगरपालिका-८ स्थित बिलाउने खोला सामुदायिक भवन ट्रष्ट निर्माणका लागि १० लाख रुपैयाँ, व्यास नगरपालिका-९ मेवबारी आमा समूह सामुदायिक भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
व्यास नगरपालिका-७ स्थित छापथोक सामुदायिक भवन मर्मत तथा बाटोबत्तीका लागि २ लाख रुपैयाँ, व्यास नगरपालिका ९ गैरीस्वाँरस्थित बसहास्थान कृषि समूहका लागि ४ लाख रुपैयाँ, भानु नगरपालिका-१२ स्थित रुद्रदेवी आमा समूह भवन निर्माणका लागि ६ लख रुपैयाँ, भानु नगरपलिका-१३ स्थित पोखरीछाप आम समूह भवन निर्माणक लागि ६ लाख रुपैयाँ, भानु नगरपालिका-११ स्थित नयाँ बिहानी प्रगतिशिल आमा समूह, एकता समाज टुहुरेपसल, ढाँडफेदी समाज घर, सिमलौर समूह भवनका लागि ११ लाख रुपैयाँ, भानु नगरपालिका-१ स्थित सामुदायिक भवन ग्रिनपार्कका लगि ११ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, भानु नगरपालिका-३ स्थित माहा डिडमा सम्पालिङ बौद गुम्बाका लागि ५ लाख रुपैयाँ, भानु नगरपालिका-३ स्थित कल्लेरी कृषि तथा माछा पालन समूहका लागि ५ लख रुपैयाँ, भानु नगरपालिका-५ स्थित भुलभुले बरादी खेलमैदानका लागि ४ लाख रुपैयाँ, व्यास नगरपालिका-७ स्थित भञ्ज्याङ गोल्दी मोदरबाटो स्तरीकरण्का लगि ३ लाख रुपैयाँ, व्यास नगरपालिका ११ निर्वु वाराही मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ, व्यास नगरपालिका-३ तमु पैधी, राधेराधे भवनका लागि ५ लाख रुपैयाँ, व्यास नगरपालिका-८ स्थित कोरथोक आमा समूह सामुदायिक भवनका लागि ३ लाख, भानु नगरपालिका-१० स्थित कालीपोखरी निर्माणका लागि ५ लाख, भानु नगरपालिका-६ स्थित रामप्रसाद स्मृति भवन निर्माणका लगि ४ लाख, भानु नगरपालिका-१३ स्थित कृष्णबहदुर सहिद पार्क टुटेपानी, रयाले सामुदायिक भवन, बासपानी सामुदायिक भवन निर्माणका लागि १० लख रुपैयाँ, भानु नगरपालिका-११ स्थित कुन्छा ठार्के बाटो हुँदै पुलिमराङ बाटो स्तरीकरणका लागि ४ लाख रुपैयाँ, भानु नगरपालिका-६ स्थित सिमपानी बाटो स्तरीकरणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।










