तनहुँका चार नगरपालिका र छ गाउँपालिकाको संयुक्त बैठक : न्याय निरुपण गर्न एकीकृत निर्देशिका जारी

तनहुँका चार नगरपालिका र छ गाउँपालिकाले संयुक्त रुपमा न्याय सम्पादनलाई अझ व्यवस्थित गर्न एकीकृत निर्देशिका जारी गर्ने भएका छन् । भानु नगरपालिका न्यायिक समितिद्वारा आयोजित दोस्रो न्यायिक जिल्ला सम्मेलनले निर्देशिका जारी गर्ने निर्णय गरेको हो । सम्मेलनमा जिल्लाका सबै पालिकाका न्यायिक समितिको सहभागीता रहेको थियो ।

निर्देशिका निर्माणले सबै पालिकामा न्याय निरुपणमा एकरुपता कायम गर्न मद्दत पुग्ने भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतसम्म पुग्नुपर्ने समस्याको न्यूनीकरण तथा अन्त्यमा सहजता कायम भएको छ । जिल्लाका सबै पालिकाको न्याय निरुपणमा एकरुपता भए अझ उत्कृष्ट हुने भएकाले निर्देशिका निर्माण आवश्यक छ ।”

उपप्रमुख उमा गोतामेले जिल्लाको न्याय निरुपणमा एकरुपता ल्याउने उद्देश्यले एकीकृत निर्देशिका जारी गर्ने सम्मेलनमार्फत निर्णय गरिएको र यसले सहज बनाउने अपेक्षा गरिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको न्यायिक अधिकार र यसको प्रयोगमा एकरुपता ल्याउनुका साथै सचेत बनाउने छ ।

यस्तै स्थानीय तहको न्यायिक समितिको काम, कर्तव्य र अधिकारका बारेमा चेतना जगाई जिल्ला अदालतमा जाने मुद्दाको चापलाई घटाउने लक्ष्य लिएको छ । उहाँले भन्नुभयो, “चेतनाबिना नै अदालतसम्म पुगेर कामकारबाहीमा जान नसक्ने सेवाग्राही अझ सहज बनाउने लक्ष्य लिएका छौँ, यसलाई निर्देशिकाले टेवा पुग्ने छ । ”

न्याय सम्पादन प्रक्रियामा एकरुपता ल्याउन जिल्लाभर न्यायिक सचेतना कार्यक्रममा सञ्चालन गरिने जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहका न्यायिक समितिको समय–समयमा सम्मेलन गरी एकापसमा भएका असल अभ्यासको आदानप्रदान गर्ने योजना निर्धारण गरिएको छ ।

स्थानीय तहमा रहेका मेलमिलापकर्ताको भूमिका थप गरी सक्रियता बढाउने जिल्ला सम्मेलनबाट निर्णय भएको छ । जिल्लाका सबै पालिकाका न्यायिक समिति संयोजक, न्यायिक समिति सदस्य तथा मेलमिलापकर्ताको सहभागिता रहेको भानु नगरपालिका न्यायिक समिति सदस्य अजय थापाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker