गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकासका लागि तनहुँमा करोडौँका योजना

दमौली : गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार निर्माणतर्फ करोडौँका योजना सञ्चालन हुने भएका छन् । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय तनहुँमार्फत सडक, पक्की पुललगायतमा करोडौँ बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले सङ्घ सरकारको समानीकरण र प्रदेश सरकारमार्फत विभिन्न योजनामा बजेट विनियोजन गरेर योजना छनोट गरेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही योजना क्रमागत सञ्चालन भइरहेका छन्भने केही नयाँ योजना सञ्चालन हुनेछन् ।

राजापान मोटरमार्ग स्तरोन्नति व्यास–९ का लागि रु ५० लाख, सुवर्ण मोटरमार्ग व्यास–१० का लागि रु ५० लाख, कान्छे मोटरमार्ग स्तरोन्नति ऋषिङ–७ का लागि रु ५० लाख, थुम्कीडाँडा सालडाँडा स्याङ्जा जोड्ने सडक स्तरोन्नतिका लागि रु ५० लाख, छबिसे बेलौते राहुलडाँडा सिमलभञ्ज्याङ जोड्ने मोटरमार्ग स्तरोन्नतिका लागि रु ५० लाख, दुलेगौडा बाडखोला मोटरमार्ग स्तरोन्नतिका लागि रु ५० लाख, चन्द्रकोट झारगाउँ हुँदै धरमपानी सडक स्तरोन्नति बन्दीपुर ५ र ६ का लागि रु एक करोड विनियोजन भएको छ ।

त्यस्तै पिप्ले जुमडाँडा सडक स्तरोन्नति बन्दीपुर–४ का लागि रु ५० लाख, अमर शान्ति मोटरमार्ग फिर्दीदेखि मलागिरि मान्द्रे हुँदै पाखाडी कटहरेका लागि रु एक करोड, किहुँ मार्गका लागि रु ५० लाख, बेल्टार सानो खोलाबाट कृष्ण मन्दिर हुँदै ढकाल बस्ती जाने बाटो स्तरोन्नतिका लागि रु ५० लाख, पाउदीदेखि दुधेकुना मार्ग स्तरोन्नतिका लागि रु ५० लाख, अर्चलधारा लौडारीभञ्ज्याङ थानीको थान मोटरमार्ग स्तरोन्नतिका लागि रु तीन करोड, चितीखोला सुकेधारा मोटरमार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु ५० लाख, राइपुर बाराही मोटरमार्ग स्तरोन्नतिका लागि रु ५० लाख, ज्ञानमार्ग कटहरेदेखि बाराहखोला मोटरमार्ग स्तरोन्नतिका लागि रु ५० लाख, देउराली क्याङ्दी मोटरमार्ग स्तरोन्नतिका लागि रु एक करोड, सिन्धुस खोला पुलका लागि रु ५० लाख विनियोजन भएको छ ।

त्यस्तै अठाइस बाहुन्दीमार्ग स्तरोन्नतिका लागि रु ५० लाख, सानोभञ्ज्याङदेखि सिम्लेक कोबैती सडक स्तरोन्नतिका लागि रु ५० लाख, सिरानटोल ठाडोमार्ग स्तरोन्नतिका लागि रु ५० लाख, महन्ते भोटीखोला सिम्ले ढकालगाउँ जाने बाटो स्तरोन्नतिका लागि रु ५० लाख, थानसिंह कृषक सडक स्तरोन्नतिका लागि रु ५० लाख, बिरुवा ढाडोला बाङ्गेरह मोटरमार्गका लागि रु ५० लाख, सेती नदी पुल क्याम्पसचोक स्तरोन्नतिका लागि रु ५० लाख, लालध्वजमार्ग वडा कार्यालय हुँदै शुक्लागण्डकी–१ का लागि रु ५० लाख, जनसेवा घडेरी बाबिया डाँडामार्ग स्तरोन्नतिका लागि रु ५० लाख, भानु जन्मस्थल मार्गका लागि रु एक करोड, कालिका सहिद मार्गका लागि रु ५० लाख, दमौली केशवटार ढाडखोला सडकका लागि रु ५० लाख, छिपछिपे नरम बञ्चरे सडक निर्माणका लागि रु ५० लाख, बेलडाँडा चामकोट फालढुङ्गा मोटरमार्गका लागि रु ५० लाख विनियोजन भएको छ ।

भर्लाङ्दी सडक, ज्वालादेवी मोटरमार्ग, भीमसेनचोकदेखि झोलुङ्गेपुल सडक, लौडारीभञ्ज्याङ गहत्तेरी, कालिका क्याम्पस जाने बाटो, भुडाटार नागनगेनी चैनपुर मोटरमार्ग, लौडारीभञ्ज्याङ जुगेपानी राइपाली सडक, कालीमाटी अस्पताल जाने पहुँचमार्ग, सातबिसे गैरी खोल्सा कालामाटा हुँदै खहरे डुम्रे बेसीशहर सडक, पिउरीमाटी खोला कल्भर्ट, मानेचौका खहरे राइफली भञ्ज्याङ सडकका लागि रु ५०/५० लाख विनियोजन भएको छ ।

त्यस्तै चुँदी कुमालगाउँदेखि थानीमाइ कमार्ग कालोपत्रका लागि रु एक करोड, रानीपानी कालिका मावि मोटरमार्ग, बगैचा खुदेपानी सडक स्तरोन्नतिका लागि रु ५०/५० लाख, श्रीराम मोटरमार्ग शुक्ला–३ सप्तऋषि मोटरमार्गका लागि रु ७५ लाख, रेडक्रस मार्ग, कार्की गाउँदेखि गौलीगाउँ मोटरमार्ग, फ्याउसे कटुवा चिखोलामा कल्भर्टका लागि रु ५०/५० लाख, चितीखोला भुवानेमा बेलिब्रिजका लागि रु एक करोड ५० लाख, ढोरबाराही मार्गका लागि रु एक करोड ७५ लाख, बुद्धसिंह मार्गका लागि रु एक करोड ७५ लाख, आँबु भाँगे छिम्केश्वरी सडक दोस्रो खण्डका लागि रु दुई करोड, टुहुरेपसल सिम्पानी तनहुँसुर सडक स्तरोन्नतिका लागि रु एक करोड, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि रु एक करोड ५० लाख, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि रु दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछापका लागि रु तीन करोड ५० लाख, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु दुई करोड, दुलेगौडा हर्कपुर मार्गका लागि रु दुई करोड पाँच लाख ९० हजार, शालिग्राम कोरिडोर (दासढुङ्गा साधेबगर भतेरी खण्ड) का लागि रु आठ करोड बजेट विनियोजन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker