तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चार करोड रुपैयाँको विकास बजेटको योजना छनौट गरी र्सार्वजनिक गरेका छन् ।
विनियोजितमध्ये विकासमा ३ करोड ९६ लाख ४० हजार तथा प्रशासनिक खर्च तीन लाख ६० हजार रुपैयाँ राखिएको छ ।
विनियोजित बजेट अनुसार आँबुखैरेनी गाउँपालिकाका लागि ५० लाख तथा देवघाट गाउँपालिकाका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । सांसद श्रेष्ठले व्यास नगरपालिकाका लागि १ करोड २७ लाख ४० हजार बजेट विनियोजन गरेका छन् ।
यसैगरी भानु नगरपालिकाका लागि १ करोड १७ लाख, बन्दीपुर गाउँपालिकाका लागि ४७ लाख बजेट विनियोजन गरेका छन् । विनियोजित बजेटमा जिल्लाकै धेरै जनघनत्व रहेको व्यास नगरपालिकामा र्सवाधिक १ करोड २७ लाख विनियोजन गरिएको छ्। विनियोजन गरिएको बजेटमा धेरै जसो रकम मोटरमार्गको स्तरोन्नतीमा विनियोजन भएको छ भने खेलकुद मैदान, सामुदायिक भवन आदिमा पनि बजेटको राम्रो विनियोजन गरिएको छ ।