बन्दिपुर गाउँपालिका क्षेत्रमा पशु वस्तुको आवातजावत र ओसारपसारमा प्रतिबन्ध

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले गाउँपालिका क्षेत्रमा पशु वस्तुको आवातजावत र ओसारपसार कार्य बन्द गरेको छ । गाउँपालिकाको वडा नं. ५ याम्पाफाँट स्थित एक फार्ममा खोरेत रोगसंग मिल्दो जुल्दो लक्षण देखिने रोग देखा परेको भन्दै पशुवस्तुको आवातजावत र ओसारपसारमा प्रतिवन्द लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर रानाले जानकारी गराएका छन् ।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै उक्त रोग निदानका लागि नमुना संकलन गरी ल्याब परीक्षण गर्दा खोरेत रोग प्रमाणित भएको हुँदा वैशाख २२ गतेदेखि १५ दिनसम्म खोरेत लाग्ने पशु वस्तुहरु गाई, भैसी, भेडा, बाख्रा र बंगुरको ओसार पोसार र आवातजावत कार्य पूर्ण रुपमा बन्द गरिएको रानाले बताए ।

यस्तै गाउँपालिकाले यस कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दै कृषकलाई खोरेत रोग नियन्त्रणमा सहयोग गरिदिन अनुरोध गरेको छ । कृषकहरुलाई गाउँपालिकाले फार्म/गोठमा जैविक सुरक्षाका उपाहरु अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म/गोठमा जाने आउने नगर्न अनुरोध गरेको छ।

त्यस्तै, गोठको काम गर्दा लगाएको लुगा कपडा र जुत्ता चप्पल अरु समयमा प्रयोग नगर्ने, गोठको काम सकेपछि हात खुट्टा राम्ररी धुने, केही समयका लागि पशुहरुको ओसार पसार पूर्ण रुपमा बन्द गर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले फार्म/गोठमा पालिएका पशु वस्तुमा कुनै पनि किसिमको समस्या देखिएमा नजिकको पशु सेवा सम्पर्क केन्दै, पशु सेवा शाखा, विज्ञ केन्द्र वा नजिकको पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न र नियमित रुपमा फार्म/गोग वरपर चुन, फिनेल वा भिर्कोन र्छन आग्रह गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker