जुनियर वन प्राविधिकको प्रथम साधारणसभा

जुनियर वन प्राविधिक संघ नेपाल जिल्ला कार्यसमिति तनहुँको चौथो अधिवेशन पछिको प्रथम बाषिर्क साधारणसभा गरिएको छ। म्याग्दे-२ को ज्यान्ट्याङ्ग हरित पार्क तथा टि्र हाउसमा बुधबार आयोजित साधारण सभाको शुभारम्भ गर्दै डिभिजनल वन अधिकृत कोमल राज काफ्लेले वन प्राविधिकहरुको महत्वका विषयमा चर्चा गरेका थिए ।

संघ तनहुँका अध्यक्ष कृष्ण बहादुर रानाको सभापतित्वमा आयोजित कार्यक्रममा सहायक वन अधिकृत नारायण प्रसाद कोईराला, मनोज रानाभाट, फरेष्टर सकुन्तला तिवारी, लेखा शाखा प्रमुख प्रमोद नन्दन भट्टर्राई, कर्मचारी प्रशासन शाखा प्रमुख पुष्प खनाल, संस्थाका निवर्तमान अध्यक्ष नन्द बहादुर थापा मागर, संस्थाका सचिव रमाकान्त खनाल ‘विजय’ उपाध्यक्ष पदमापाणि कडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिऐ भने संस्थाका कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गरेका थिए।

उक्त कार्यक्रम निजामती सेवानिबृत्त भएका संस्थाका सदस्यहरु फरेष्टर नन्द बहादुर थापा मगर र वन रक्षक नर बहादुर दरैलाई बिदाई गरिएको थियो । सेवानिवृत्त पश्चात् तनहुँका वन प्राविधिकका सन्ततिहरु मध्यबाट प्रत्यक बर्षगरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न १ लाख १ हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker