व्यासमा वडा स्तरीय बाल नृत्य प्रतियोगिता

दमौली : राष्ट्रिय बाल दिवसका अवसरमा व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको वडा स्तरीय बाल नृत्य प्रतियोगितामा शिवालय बाल क्लव प्रथम भएको छ ।
प्रतियोगितामा ठूलोगाउँ बाल क्लव द्वितीय, सिर्जनशीला बाल क्लव तृतीय र हाइस्कूल बाल क्लव र जनचेतना बाल क्लव सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार रु एक हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा वडाभित्रका २० वटा बाल क्लवको सहभागिता रहेको थियो ।
सिकाइ केन्द्रका कार्यवाहक अध्यक्ष पूर्णबहादुर दरैको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैैले पुरस्कार वितरण गरेकी थिइन् । कार्यक्रममा केन्द्रका कानुनी सल्लाहकार डम्बरदेव हड्खलेले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सर्जन थापा मगर, सोनु मल्ल ठकुरी र श्रीराम गन्धर्वले निर्णायकको भूमिका निभाएका थिए ।
केन्द्रले साक्षरता कार्यक्रम, च्याउ खेति तालिम, झिलिङ्गा बनाउने, अचार बनाउने, चुरा पोते बनाउने, झाडु कुचो बनाउने तालिम दिनुका साथै नेतृत्व विकास तालिम समेत सम्पन्न गरिसकेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker