गट्टा खेल्दै गरेका वृद्धाहरु (फोटोफिचर)

तनहुँको पवित्र धार्मिक स्थल देवघाटका विभिन्न आश्रममा बसेका वृद्धाहरु परम्परागत खेल गट्टा खेलेर मनोरञ्जन लिंदै ।

युनेस्को नेपाल राष्ट्रिय आयोगले परम्परागत खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यका साथ सोमबार ज्येष्ठ नागरिकहरु बीच परम्परागत खेलकुद कार्यक्रम अन्तरगत गट्टा खेल, भुड्को फुटाइ, तातो आलु खेल खेलाएको थियो ।

खेलकुदमा उत्कृष्ट हुने ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










