तनहुँका १० वटै पालिकामा समानान्तर कमिटी घोषणा
भञ्ज्याङ समाचारदाता (दमौली)
नेकपा एमालेको माधव नेपाल समूहले तनहुँका दश वटै पालिकामा एमालेको समानान्तर कमिटी घोषणा गरेको छ । दमौलीमा शनिबार सम्पन्न भेलाले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा अध्यक्ष र सचिव घोषणा गरेको हो । भेलाले १०८ जनाको जिल्ला समिति समेत घोषणा गरेको बताइएको छ ।
भेलाले व्यास नगरपालिकाको अध्यक्षमा मंगलप्रसाद श्रेष्ठ, शुक्लागण्डकीको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, भिमादको अध्यक्षमा काजिमान श्रेष्ठ, घिरिङको अध्यक्षमा दानबहादुर शाही, ऋषिङको अध्यक्षमा भूपाल थापा, म्याग्देको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, भानुको अध्यक्षमा ऋषिराम पन्त, आँवुखैरेनीको अध्यक्षमा मुकुन्द अधिकारी र बन्दिपुरको अध्यक्षमा भरत केसी चयन भएको बताइएको छ ।










