जनता र प्रहरी हातेमालो गर्दै शान्ति सुरक्षा कायम गरौं : अध्यक्ष थापा

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जनता र प्रहरी बीच हातेमालो गर्दै शान्ति सुरक्षा कायम गर्न अगाडि बढ्नु पर्ने बताएका छन् । नयाँ सरुवा भई आएका इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेको प्रमुख भई आएका प्रकाश भुषाललाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष थापाले उक्त बताएका हुन् ।

उक्त स्वागत कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बजार ब्यवस्थित गर्ने कुरामा उद्योग वाणिज्य संघका सदैव साथमा रहेको भन्दै संस्थाले ट्राफिक चिन्ह र होर्डिङ बोर्ड प्रदान गरिएको जानकारी गराए । क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले विभिन्न अपराधीक क्रियाकलापको योजना होटलमा हुने गरेको धेरै तथ्य रहेकाले प्रहरी र होटल ब्यवसायीहरुमा समन्वय हुनसके अपराधको न्युनिकरण गर्न सकिने बताएका थिए ।

उक्त कार्यक्रममा स्थानीय घनश्याम श्रेष्ठ देवान, बन्दिपुर-१ का वडा अध्यक्ष भानुभक्त पोख्रेल, वडा नं. ५ का अध्यक्ष ध्रुव प्रसाद लामिछाने, नेकपाका नेताहरु हेमराज लामिछाने क्षितिज, विद्या लामिछाने, जीवन कायस्थ, सगुन थापा, अमृत शाही, नेपाली काँग्रेसकी रिता तिवारी, सरिता पिया, उद्योग वाणिज्य संघ डुम्रे इकाइका सभापति नेक महम्मद मिया, विमलनगरका गणेश तिवारी, डुम्रे टोल विकासका अध्यक्ष भगवान श्रेष्ठ, डुम्रे बिरुवा ढाब्रेका राजु खड्गी लगायतले प्रहरी सबैको साथी बन्नु पर्ने, काम गर्दा राजनिती भन्दा अलग रहेर काम गर्नु पर्ने, बजार ब्यवस्थापनमा सहकार्य गर्नुपर्ने, अबैध चोरी निकासी, लागू औषध ओसार पसार रोक्नु पर्ने, सडक दुर्घटना न्यूनिकरणमा जोड दिनु पर्ने लगायतका सुझाव तथा सहयोग आदनप्रदान गर्ने प्रतिवद्धता सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker