जिफानको भवन निर्माणका लागि दमौलीमा देउसीभैलो

दमौली : तनहुँको दमौलीमा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को बहुउद्देश्यीय भवन निर्माणका लागि आयोजित देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमबाट दुई लाख ५० हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।

नेपालीहरूको महान् पर्व शुभदीपावलीको अवसर पारेर जिफानले व्यास नगरपालिका–अनशन चौतारी परिसरमा आयोजना गरेको देउसीभैलो तथा विविध सांस्कृतिक कार्यक्रमबाट उक्त रकम संकलन भएको हो । भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउनुका साथै गुरुङ भाषा, कला, संस्कृति र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, सामाजिक तथा सांस्कृतिक संघसंस्था, व्यवसायी, कलाकार र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले देउसीभैलोमा सहयोग प्रदान गर्दै गुरुङ समुदायको भाषा, संस्कृति र चलचित्र क्षेत्रको संरक्षणका लागि संस्थाले थालेको अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र पूर्वप्रदेशसभा सदस्य सरिता गुरुङले गुरुङ चलचित्र क्षेत्रको विकासमा जिफानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनिहरुले गुरुङ समुदायको मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न संस्थागत प्रयास आवश्यक रहेको बताउँदै जिफानको बहुउद्देश्यीय भवन निर्माण अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, व्यास तमु सुधार समाज, तमु सेवा समाज, विभिन्न आमा समूह तथा सामाजिक र सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । समाजसेवी, व्यवसायी तथा विभिन्न व्यक्तिले पनि भवन निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

जिफानका महासचिव गल गुरुङले प्राप्त सहयोगले संस्थाको आफ्नै भवन निर्माण गर्ने अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गरेको बताउनुभयो । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, संघसंस्थाका प्रतिनिधि, सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।

जिफानले आफ्नै बहुउद्देश्यीय भवन निर्माण गरी गुरुङ चलचित्रको विकास, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेको छ । समुदायको सामूहिक सहभागिताबाट संकलित सहयोगले संस्थाको पूर्वाधार निर्माण अभियानलाई अघि बढाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker