दलित पत्रकार संघ तनहुँमा नयाँ कार्यसमिति, अध्यक्षमा पूर्ण विके

दमौली । राष्ट्रिय दलित पत्रकार संघ तनहुँको दोश्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको आइतबार दमौलीमा सम्पन्न अधिवेशनले पूर्ण विकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिव शर्मिला विक, कोषाध्यक्ष अन्जान परियार, सहसचिव सुरेश सेन्चुरी र सदस्यहरुमा देव गजमेर, ऋतिका सुनार, सपना परियार र अमृत परियार चयन गरेको छ भने केन्द्रीय प्रतनिधिमा एस.वि. नेपाली र गण्डकी प्रदेश प्रतिनिधिमा शालिकराम सुनार चयन भएका छन् ।
संघका अध्यक्ष एस.वि. नेपालीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रे लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










