चितवनबाट दिदीबहिनी बेपत्ता

काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए । रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।

हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको एसपी पुरीले बताए । उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक-७ घर भएका उनीहरु मंगलबार बिहानबाट हराएको परिवारले बताएको छ । मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका उनीहरु त्यसपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।

उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker