कांग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको छ : जोशी
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको आरोप लगाएका छन् । बीपी विचार समाजको छैंटो जिल्ला अधिवेशनलाई विहीबार दमौलीमा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
आफ्नो भन्दा पनि पाँच दलको घोषणापत्र बोकेर काँग्रेसले बाटो विराएको आरोप लगाउँदै नेता जोशीले भने, ‘रुख पनि नचाहिने, चारतारे झण्डा पनि नबोकेर काँग्रेस कतातिर जाँदै छ ? कुन बाटोमा हिँडेको छ ?’
गत स्थानीय चुनावमा चितवनको भरतपुरको आम सभामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्रको मन्तव्यबाट पुष्टि भएको जोशीको भनाई थियो । बीपी विचार बोकेका मान्छेलाई रुखमा भोट हाले कारबाही हुन्छ हसिया हथौडामा भोट हाल भन्दै सार्वजनिक सभामा भन्नु एक उदाहरण भएको जोशीको भनाई थियो ।
आगामी संघ तथा प्रदेशको चुनावमा आफ्नो समुहको सम्मानजन तरिकाबाट स्थान दिएमा तालमेल हुन सक्ने जोशीले बताएका छन् । गएको चुनावबाट पाठ सिकेर अघि बढ्ने बताउँदै उनले भने, ‘एमालेसँग ग्एको चुनावसँग मात्रै तालमेल भएको र अबको चुनावमा अरुसँग हुन सक्छ नहुन पनि सक्छ वा एक्लै लड्न पनि सकिन्छ ।’
‘हामी एक्लै पनि चुनाव लड्न सक्छौं त्यसको लागि पनि तयार हुनुपर्छ’, नेता जोशीले भने, ‘प्रत्येक वडामा एक जना विश्वासिलो मान्छे तयार गरेर दरो मान्छे राख्नु पर्ने अवस्था रहेको छ ।’
यस्तै, बीपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन भएका छन् । दमौलीमा सम्पन्न समाजको १२औं साधरण सभा तथा छैटौं अधिवेशनले पण्डितलाई र्सव सम्मत अध्यक्षमा चयन गरेको हो ।
नव गठित समाजको उपसभापतिमा क्या. रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्ष भिमकुमार श्रेष्ठ र सहसचिव केशमाया गुरुङ (केशु) चयन भएका छन् ।