ज्यान मार्ने उद्योगको मुद्दामा फरार घैटे २ महिनापछि पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

ज्यान मार्ने उद्योगको मुद्दका फरार घैटेलाई तनहुँ प्रहरीले दुइ महिनापछि पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई खोजतलास एवं पक्राउ गरी कानूनी दायरमा ल्याउने कार्य अन्तरगत प्रहरीले ज्यान मुद्दाका घैटे भन्ने रोशन गुरुङलाई गत शुक्रबार राती पक्राउ गरेको हो। गत फागुन २० गते राती करिब १० बजेको समयमा व्यास नगरपालिका-७ पाथ्रामा स्थानीय २२ वर्षीय किशोर कुमार श्रेष्ठ बीच भएको सामान्य विवादलाई रिर्सइवी साधी ज्यान मार्ने उद्देश्यले घैटेले धारिलो हतियार खुकुरीले प्रहार गरेको तनहुँ प्रहरीले जनाएको छ ।

घैटेले श्रेष्ठको टाउको तथा हात समेतका शंवेदनशिल अंगहरुमा निर्मम तरिकाले प्रहार गरी गम्भिर र्घाईते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानको क्रममा तत्काल वारदात पश्चात फरार व्यास-७ पाथ्रा बस्ने ३१ वर्षीय घैटेलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रहरी टोलीले तनहुँको आबुखैरेनी-४ बेनीटारबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् । पक्राउ परेका घैटेलाई ज्यान मार्ने उद्योग मुद्दामा आइतबार जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अगाडि बढाइएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker