स्थानीय निर्वाचन : तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति ९ः३० बजेसम्म मात्र होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । निर्वाचनको प्रचारप्रसारको क्रममा उनीहरुले गर्ने सभा तथा ¥यालीलगायतका कार्यक्रमको बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएर तथा त्यस्ता कार्यक्रम गर्दा एउटै बाटो र स्थान प्रयोग नगर्ने निर्णय भएको छ ।

प्रतिनिधिले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । निर्वाचन विरोधी क्रियाकलाप भइरहेको भेटिए यसको जानकारी प्रहरीलाई दिने निर्णय भएको छ ।

स्थानीय एफएम, रेडियो र पत्रपत्रिकाले निर्वाचन आचारसंहिताको पालना गरी सूचना सम्प्रेषण गर्ने तथा निर्वाचन विरोधी सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण नगर्ने बैठकमा निर्णय भएको छ । सामाजिक सञ्जालमार्फत कोही कसैप्रति लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह नगर्ने तथा नगराउने सहमति भएको प्रशासनले जनाएको छ ।

निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker