तनहुँ र कास्कीका दुई पुरुषको कोरोनाबाट मृत्यु

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक/एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker