भानु कप फुटबल प्रतियोगिता सुरु, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१ भन्सारमा राष्ट्रियस्तरको ‘नाइन ए साइड’ भानु कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । २१०औं भानुजयन्तीका अवसरमा आयोजित उक्त प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबले संयुक्त संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको उल्लेख गरे ।

उनले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रुपमा विकास गरिने चर्चा गर्दै भानुजयन्तीका अवसरमा आयोजना गरिने यस प्रकारका खेलकुद गतिविधिले भनुको योग्दानलाई संरक्षण र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

साउन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जिल्लाकै र्सवाधिक राशि पुरस्कार हो । प्रतियोगितामा प्रथम हुनेलाई रु दुइ लाख २५ हजार २१० नगद पुरस्कार प्रदान गरिने भीमसेन युवा क्लवका सदस्य सन्दीप श्रेष्ठले बताए ।

त्यस्तै द्वितीय हुनेलाई रु एक लाख १२ हजार २१० र तृतीय हुनेलाई रु २० हजार २१० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र र्सवाधिक गोलकर्तालाई जनही रु पाँच हजार २१० नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवन लगायतका जिल्लाबाट गरी ३२ टिमको सहभागिता रहेको छ ।

यस्तै, भानुजयन्तीकै अवसरमा आयोजित छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार २१० र बाघचालतर्फप्रथम हुनेलाई रु पाँच हजार २१० नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker