तनहुँमा ६ महिनाको अवधिमा ५३ मानवअधिकार उल्लंघनका घटना

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा पछिल्लो ६ महिनामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । उक्त घटनामा ५१ महिला र ९ पुरुष सहित ६० जना पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंगलबार दमौलीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४ को लागि संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा इन्सेक तनहुँले उक्त विवरण सार्वजनिक गरेको हो ।

इन्सेकका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका २९, बलात्कार र बलात्कार प्रयासका १४, यौनदुर्व्यहवारको २, हत्याको ६, कुटपिटको २, गिरफ्तारको १ र मानव बेचविखचको १ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका थिए । साथै उपनिर्वाचनको क्रममा ७ वटा निर्वाचन आचार संहिता विपरितको घटना भएको इन्सेकको प्रतिबेदनमा उल्लेख छ ।

यस्तै, कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले राज्य पक्ष यस विषयमा अलि बढि संवेदनशिल बन्नुपर्ने बताए । मानवअधिकारको लामो विषय रहेको भन्दै प्रजिअ रिजालले नेपालमा भएका हरेक राजनीतिक आन्दोलनले मानवअधिकारको थप उपलब्धीको रक्षा गरेको बताए ।

उनले भने, ‘सबैले इमानदारीका साथ आफ्नो जिम्मेबारी पुरा गरेमा मानवअधिकार हननका घटनामा कमी आउने र सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयलाई सेवाग्राही मैत्री बनाउन आफुले निर्देशन दिएको छु ।’

विद्यालयमा हुने यौनजन्य दुर्व्यहवारको घटनामा कमी ल्याउनका लागि स्थानीय तह मार्फ सेचतनाका कार्यक्रम सन्चालन गर्नुपर्ने प्रजिअ रिजालले बताए । उनले भने, ‘अहिले सडक निर्माणको क्रममा अत्याधिक धुलो र हिलोले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परेको हुँदा ति विषयलाई पनि उपभोक्ताको अधिकारको रुपमा हेरिनु पर्दछ ।’

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश विष्ट क्षेत्रीले प्रहरीले मानवअधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बर्द्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए ।

मानव अधिकार निगरानी समुहकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव राजेश्वर ढकाल, नेपाली काँग्रेसका जिल्ला कार्यसमितिकी सदस्य पवित्रा घिमिरे, एकिकृत समाजबादीका जिल्ला कमिटीका अध्यक्ष श्रीराम कार्की, नेपाल बार एसोसियसनका उपाध्यक्ष शिवराज काफ्ले, गैसस महासंघकी जिल्ला सचिव सरिता थापा भण्डारी, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker