कोरोना संक्रमणको असर : एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम कम भएपछि मुद्दा फछ्यौटमा तिव्रता आएको छ । गत वर्षको जिम्मेवारी सरेर आएका ९५९ र नयाँ दर्ता भएका ६१७ गरी कूल एक हजार ५७६ मुद्दामध्ये ४९९ फछ्यौट भएको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ महिना भित्रका ४१२, छ महिनादेखि बाह्र महिनाभित्रका २८७, बाह्र महिनादेखि अठार महिनाभित्रका १४४, दुइ वर्ष नाघेका १३० र अठार महिनादेखि दुइ वर्ष नाघेका १०४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । यसैगरी, ६ महिनाभित्रका २७१, छ महिनादेखि बाह्र महिनाभित्रका १०२, बाह्र महिनादेखि अठार महिनाभित्रका ३२, अठार महिनादेखि दुइ वर्षभित्रका ४७ र दुइ वर्ष नाघेका ४७ गरी ४९९ मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ ।

पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दासमेत बढ्दै गएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा विदेशमा रहेका श्रीमान् स्वदेशमा आएपछि श्रीमान् श्रीमतीबीच सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ । त्यसैगरी, जिल्लामा जबर्जस्ती करणीका मुद्दा पनि अत्यधिक मात्रामा दर्ता हुने गरेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker