केशवटारको विकासका लागि पहल गर्छु : सासंद श्रेष्ठ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

केशवटार क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले प्रतिवद्धता जनाएका छन् । केशवटारका जनतासंग भेटघाट गर्दै सांसद श्रेष्ठले विकास निर्माणका काममा पछाडि परेको केशवटार क्षेत्रलाई विकास गर्न आफु लागि पर्ने बताएका हुन् ।

जनताको न्यूनतम् समस्यालाई समाधान गर्नु आफनो पहिलो जिम्मेवारि भएको बताउँदै सांसद श्रेष्ठले ग्रामीण क्षेत्रका बासिन्दाको पहुँचमा शिक्षा, बाटो, खानेपानी, स्वास्थ्य सेवा लगायतका जनताको समस्या समाधान गर्नका कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

दमौली-सुकौरा मोटरमार्गका अध्यक्ष नुर वहादुर आलेको नेतृत्वमा भएको विकास निर्माण विषय अर्न्तक्रिया कार्यक्रममा केशवटारवासीले लामो समयदेखि भोग्दै आएको मोटरबाटोको समस्या, खानेपानी लगायतका विषयमा सहभागीहरुले गुनासो राखेका थिए ।

जिल्ला सदरमुकाम दमौलीवाट नजिकै भएर पनि विकासले गति लिन नसकेको हुँदा संघीय सरकारले नै केशवटार क्षेत्रको विकासका लागि पहल गर्नुपर्ने दमौली-सुकौरा मोटरमार्गका अध्यक्ष नुर वहादुर आलेले आग्रह गरेका छन् ।

बिगतदेखि नै केशवटारलाई उपेक्षा गरिएको हुँदा सहयोग गर्नका लागि मोटरमार्गका सदस्य मनोज सुवर्णकारले अनुरोध गरेका थिए । अगुवा जनताको समस्यामा आफु संवेदनशिल भएको बताउदै सासंद श्रेष्ठले चाडै नै जनताले आशा गरेअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker