गणित शिक्षा परिषदद्वारा गणितीय हाजिरीजवाफ प्रतियोगितामा सत्यवती प्रथम

दमौली : गणित शिक्षा परिषद् तनहुँको आयोजनामा गणितीय हाजिरीजवाफ प्रतियोगिता सत्यवती माध्यमिक विद्यालय दमौलीमा सम्पन्न गरिएको छ । परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न विद्यालयका २१ समूहको उत्साहजनक सहभागिता रहेको थियो ।
सत्यवती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश गिरीको अध्यक्ष्तामा आयोजित प्रतियोगिताको शुभारम्भ गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रम व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ र परिषद्का केन्द्रीय सदस्य नरेन्द्रनाथ न्यौपाने, व्यास नगरपालिकाको शिक्षा शाखाका किशोर बास्तोला, गण्डकी प्रदेश अध्यक्ष वेदप्रसाद शर्मा तथा महासचिव सन्तोष न्यौपाने लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।
प्रतियोगिताको लिखित चरणबाट २१ समूह मध्ये उत्कृष्ट ६ समूह मौखिक चरणका लागि छनोट भएका थिए । मौखिक चरणमा १२ राउण्डसम्म प्रश्नोत्तर सञ्चालन गरिएको थियो, जसमा विद्यार्थीहरूले तीव्र प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो गणितीय क्षमता प्रदर्शन गरेका थिए।
प्रतियोगितामा प्रथम हुन सत्यवती माविलाई रु. १० हजार, द्धितीय हुन सफल भिम मेमोरियल भिमादलाई रु. ८ हजार, तृतीय हुन सफल हंश बाहिनी माध्यमिक विद्यालय शुक्लागण्डकीलाई रु. ६ हजार रुपैयाँ र सान्त्वना हुन सफल पवित्र मावि बन्दीपुर, पञ्चमुनिदेव मावि र अरनिको मावि खैरेनीलाई रु. २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले हाजिरीजवाफ प्रतियोगिता केवल जित–हारको प्रतिस्पर्धा नभई सिकाइको महत्वपूर्ण अवसर भएको उल्लेख गरे। विद्यार्थीहरूलाई गल्तीबाट सिकेर अघि बढ्न प्रेरित गर्दै शिक्षकहरूको भूमिकालाई विशेष महत्व दिइएको थियो । यस्ता प्रतियोगिताले विद्यार्थीमा गणितप्रतिको डर हटाई रुचि र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक समिति, निर्णायक मण्डल, विद्यालय परिवार तथा विभिन्न सहयोगी संस्थाप्रति परिषद्ले आभार व्यक्त गरेको छ। साथै सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker