बन्दिपुरमा शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ बन्दिपुर-१ डुम्रे स्थित सिकेविके क्याम्पसमा गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा सम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षालाई गाउँपालिकाले पनि निकै प्रथामिकतामा राखेको बताए । शिक्षालाई प्राथमिकतामा राखी गुरुयोजना बनाईएको भन्दै अध्यक्ष थापाले मातृभाषाबाट पनि शिक्षा लिन पाउने वातावरण बनाइएको बताए ।

शिक्षाको मुख्य जग प्राथामिक र आधारभुत तहको शिक्षा भएको हुँदा सबै प्रावि तहमा मन्टेश्वरी विधीको शिक्षा तथा धुलो रहित कक्षा कोठा तथा आधारभुत तहमा पूर्ण दरबन्दी तथा सुचना प्रविधिको पढाइ सुरु एवं माध्यमिक तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकषिर्त गर्न आवासिय र बसको व्यवस्थापन सुरु गरिएको अध्यक्ष थापाले बताए । सबै विद्यालयमा स्वच्छ खानेपानी, सफा शौचालय तथा विद्यालयसम्म पुग्ने सडकको स्तरोन्नती पनि सुरु गरिएको अध्यक्ष थापा सहभागिलाई जानकारी गराए ।

वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले अहिलेसम्म राज्यको नीतिको कारण शिक्षामा सुधार हुन नसकेको भन्दै अव स्थानीय तहले प्राविधिक शिक्षालाई जोड दिने खालको नीति ल्याउनु पर्ने बताए । व्यवहारिक ज्ञान, नैतिक शिक्षा र मातृभाषालाई संरक्षण गर्ने खालको नीति ल्याउनु पर्ने भन्दै वडा अध्यक्ष पोख्रेलले त्यसखाले नीति बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गन्डकी प्रदेश कमिटीकी सदस्य गिता शाहीले गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको भन्दै राज्य पनि यस प्रति जिम्मेबार बन्न थालेको बताइन् । कार्यपालिका सदस्य सावित्री दुवाडले शिक्षा बिना सबै कुराहरु ओझेलमा पर्ने हुँदा शिक्षालाई नै प्राथमिकतामा राखी योजनाहरु बनाउनु पर्ने बताइन् । गाउँपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख कविता पौडेलले बालमनोविज्ञानलाई आधार मानेर शिक्षण शिकाई क्रियाकलाप गर्नु पर्ने बताइन् ।

पवित्रा माविका प्रधानाध्यापक रघुनाथ पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा सिकेविके क्याम्पसका प्रमुख माधव पण्डित, पवित्रा मावि व्यवस्थापन समितिका सदस्य कुलेन्द्र गौतम, वडा सदस्य अमृत शाही, बाल अधिकार चेतना समुह पवित्रा माविका अध्यक्ष नासिर हुसेन, विष्णु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारी लगायतले शिक्षाको महत्वका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker