तनहुँको डुम्रे बजारका सडक व्यवसायीको अनुगमन

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ को डुम्रे बजार क्षेत्रका सडक व्यवसायीको अनुगमन गरिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार क्षेत्रमा सडक छेउमा बिक्री हुने चटपटेमा असुरक्षित मसीयुक्त कागज प्रयोग गर्ने चलन घट्दै गएको छ ।
खाद्य डिभिजन कार्यालय दमौलीले बारम्बार सचेत गराएपछि व्यवसायीहरूले अब मसी नभएका सादा कागज वा एलुमिनियम लेप भएका सुरक्षित कागज प्रयोग गर्न थालेका छन् ।
खाद्य डिभिजन दमौलीका प्रमुख जोति आचार्यका अनुसार निरन्तर अनुगमन र जनचेतनामूलक कार्यक्रमका कारण अहिले त्यस्ता मसीयुक्त कागज प्रयोग प्रायः देखिन छाडेको छ।
उनले स्थानीय पालिकासँगको सहकार्यमा जिल्लाका अन्य क्षेत्रहरूमा समेत यस प्रकारको अभियानलाई अझ सक्रियताका साथ अघि बढाइने जानकारी दिए।
यस कदमले सडक खाना -स्ट्रीट फुड)को गुणस्तर सुधार हुनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उनको भनाइ छ।










