२६औं वन्यजन्तु सप्ताहमा चरा अवलोकन

भञ्ज्याङ समाचारदाता (दमौली)

वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताह शुरु भएको छ । ‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मूल वाक्यका साथ तनहुँमा पनि २६औं वन्यजन्तु सप्ताह शुरु गरिएको छ । सप्ताहका अवसरमा व्यास-१२ स्थित भानुभक्त प्राणी उद्यान कार्यालयले पहिलो दिन उद्यानको क्षेत्रभित्र पाईने चरा अवलोकन र संरक्षित क्षेत्रका सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, पर्यापर्यटन विकास गरी स्थानीय जनताहरुको आर्थिक विकासका लागि भानुभक्त प्राणी उद्यान गण्डकी प्रदेशकै आकर्षाको केन्द्र हुने र यसको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सबै तह र तप्काबाट सहयोग र पहल हुन जरुरी रहेको बताए ।

यस्तै, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वन र वन्यजन्तु संरक्षणका लागि सरोकारवाला सबै निकाय बीच समन्वय र सहकार्य भएमा सफलता प्राप्त गर्न सकिने बताएका थिए ।

सप्ताहव्यापी कार्यक्रममा भानुभक्त प्राणी उद्यान र यसको आसपासका क्षेत्रमा गर्मी समयमा पाईने चराहरुको अवलोकन गरी तिनको फोटो सहितको रेकर्ड राखिने भएको छ । चरा अवलोकनको क्रममा १६ प्रजातिका चराहरुलाई प्रत्यक्ष अवलोकन र थप ४ प्रजातिका चराहरुको आवाजबाट पहिचान गरिएको थियो । गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरु रेकर्ड गरिएको थियो ।

चरा अवलोकन कार्यलाई चरा विज्ञ टेक बहादुर घर्ती र रेञ्जर लब गुरागाईले सहजीकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले नेपालको समग्र जैविकविविधता संरक्षण, यसको महत्व एवं चुनौतीका विषयमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker