मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग

दमौली : तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज हङकङले जिल्लाका मिर्गौला तथा क्यान्सरबाट पीडित बिरामीलाई रु पाँच लाख ७६ हजार आर्थिक सहयोग गरेको हो ।

समाजले बन्दीपुर गाउँपालिका–४ का दुवै मिर्गौलासम्बन्धी समस्या खेपिरहनुभएका सुकबहादुर गुरुङ, ऋषिङ गाउँपालिका–८ का सोमबहादुर नेपाली र क्यान्सरपीडित सोही वडाका दुर्गबहादुर थापालाई जनही रु एक लाख ९२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

समाजका अध्यक्ष कर्णबहादुर नेपाली, पूर्वअध्यक्ष भीमराज गुरुङ, जङ्गबहादुर थापाले आज यहाँ आयोजित कार्यक्रम पीडितका आफन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । समाजले २०५६ सालदेखि जिल्लामा रु एक करोडभन्दा बढी सहयोग गरिसकेको समाजका पूर्वअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समाज गठन भएदेखि नै कसैलाई दुःख परेको थाहा पाउनेबित्तिकै रकम सङ्कलन गरी हस्तान्तरण गर्दै आएका छौँ ।”

समाजले जिल्लामा भूकम्पपछिको पुनःनिर्माण, बाढीपहिरोजस्ता दैवी प्रकोपबाट पीडितलाई समेत सहयोग गर्दै आएको छ । तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चारसम्बन्धी पूर्वाधार विकास तथा पत्रकारिता प्रवद्र्धनमा समाजले सहयोग गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker