व्यासमा आजबाट विद्यार्थी भर्ना अभियान

दमौली : तनहुँको व्यास नगरपालिकाले आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले बुधबार एक विज्ञप्ति जारी गर्दै भर्ना अभियान सञ्चालनबारे जानकारी गराएका छन् ।

विज्ञप्तिअनुसार वैशाख ७ गतेदेखि विगतमा जस्तै नियमित पठनपाठन सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा वितरण भइरहेका तथा वितरण गर्नुपर्ने छात्रवृत्ति र शुल्क सम्बन्धी विषयमा अध्ययन गर्न १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी नगर शिक्षा अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैगरी पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक मात्रै लागू गर्न निर्देशन दिइएको छ। सबै विद्यालयले अध्यापन गराउने पाठ्यपुस्तकको सूची तयार गर्नुपर्ने तथा विद्यालयले स्टेशनरी सामग्री छपाई तथा बिक्री–वितरण नगर्नुपर्ने व्यवस्था पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संघीय सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ को भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गरी २०८३ वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने भनेतापनि नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम स्थानीय तहको अवस्थालाई मध्यनजर गर्दै तनहुँका आँवुखैरेनी, बन्दीपुर, देवघाट लगायतका पालिकाहरुले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन सञ्चालन गर्न लागेको बताइएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker