निर्माणाधिन डुम्रे-चाम्बास सडकको अनुगमन

भञ्ज्याङ समाचारदाता/भानु

डुम्रे-बेसिशहर सडक आयोजना अन्तर्गत डुम्रे-चाम्बास सडक खण्डको सरोकारवाला निकायले अनुगमन गरेका छन् । तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र तनहुँका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल सहितको टोलीले विहीबार निर्माणाधिन डुम्रे-चाम्बास सडकको अनुगमन गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सडकका विषयमा बारम्बार चासो ब्यक्त गरेका कारण निर्माणाधिन सडकको अनुगमन गरिएको बताइएको छ । अनुगमनका क्रममा स्थानीयहरुले काम तीब्र रुपमा हुन नसकेको, गुणस्तर नभएको, घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सताउने गरेको, हुनु पर्ने ठाउँमा नाली र कर्ल्भर्ड नराखिएको जस्ता गुनासो गरेका थिए ।

नगरप्रमुख त्रिपाठी र प्रमुख जिल्ला अधिकारी रिजालले सडक आयोजनाका प्रमुख र ठेकेदार कम्पनीका प्रतिनिधिलाई जनताको गुनासो नआउने गरी स्टिमेट अनुसार समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । सार्वजानिक सरोकारको विषय भएकाले आमनागरिक सचेत भएर काममा सहजीकरण गरिदिन र आवश्यक परे खबरदारी गर्न समेत आग्रह गरेका छन् ।

अनुगमनका क्रममा डुम्रे-बेसिशहर सडक आयोजनाका प्रमुख अच्युत बिलास पन्त, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अबदेश बिष्ट, शसस्त्र प्रहरी मनकामना गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक कमलचन्द्र गैह्रे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडा, ठेकेदार कम्पनी आशिस अनेष्ट जेभी भरतपुर चितवनका प्रतिनिधि छत्रबहादुर अर्याल लगायतका सहभागिता रहेको थियो ।

डुम्रेदेखि चम्बाससम्म सडकको गुणस्तरमा जोड दिँदै समयमै काम सम्पन्न गर्न स्थानीय तहसंग समन्वय गर्ने र समस्या परेको खण्डमा सहजीकरण गर्ने निर्णय गरिएको छ । बैठक पछि ठेकेदार कम्पनीका प्रतिनिधि छत्रबहादुर अर्यालले नदीजन्य सामग्रीको अभावले काममा केही ढिला हुन गएको र स्थानीय तहले सहजीकरण गरिदिएको खण्डमा तोकिएकै मितिमा काम सम्पन्न गर्न सकिने बताए ।

डुम्रेदेखि चम्बाससम्मको ८ किलोमिटर ३ सय मिटर नाली सहित दुइ लेनको पक्की सडक अर्थात कालोपत्रे गर्न आशिस अनेष्ट जेभी भरतपुर चितवनले २०७८ साल बैशाख २२ गते ३८ करोड ९ लाख ८६ हजार ४९२ रुपैयाँमा ठेक्का सम्झौता गरेका छ । ठेक्काको समाप्त हुने अबधि ८ महिना बाँकी रहँदा भौतिक प्रगति ५० प्रतिशत छ भने वित्तिय प्रगति ४५ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker