देवघाटमा ९० दिने प्लम्बिङ तालिम सञ्चालन

- भञ्ज्याङ समाचारदाता (देवघाट)
तनहुँको देवघाट गाउँपालिकामा ९० दिने प्लम्बिङ तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले सञ्चालन गरेको उक्त तालिमको शुभारम्भ गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले प्लम्बिङ्ग तालीम युवाहरुलाई लक्ष्यित गरी सञ्चालन गरिएको हुँदा तालिम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले लगनशिल भएर तालिम पछि त्यसको उपलब्धी हाँसिल गर्ने गरी अगाडि बढ्न सहभागिहरुलाई आग्रह गरेका थिए।
कार्यक्रममा देवघाट गाउँपालिका भित्रका १३ जना सहभागी प्रशिक्षार्थी युवाहरूलाई देवघाट गाउँपालिका खानेपानी शाखा प्रमुख ध्रुव चापागाईं, तनहुँ घरेलु तथा साना उद्योग कार्यालय प्रमुख कर्ण बहादुर राना मगर, शिक्षक मेनका रिमाल र केसव तिवारीले प्रशिक्षण दिने देवघाट गाउँपालिकका कार्यक्रम संयोजक कृष्णराज पन्तले जानकारी दिए ।
वडा नं. ५ का अध्यक्ष याल बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्द पौडेल, इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, योजना शाखा प्रमुख रामप्रसाद सापकोट, रोजगार शाखा प्रमुख ध्रुव आचार्य लगायतले तालिमले युवाहरुलाई स्वरोजगार बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।










