दमौलीमा अन्डर १४ फुटबल फेस्टिबल सुरु, तनहुँ र कास्कीका गरी १० क्लवको सहभागिता

भञ्ज्याङ न्यूज

लागु औषधमुक्त युवा समाज निर्माण भन्ने मुलनाराका साथ अन्डर १४ फुटबल फेस्टिबल २०७७ शनिवारदेखि दमौलीको देउराली नगर खेलमैदानमा शुरु भएको छ ।

उक्त फेस्टिबलको शुभारम्भ गर्दै व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रबिन पौडेलले राष्ट्रिय खेलाडीहरुको लागुऔषध मुक्त युवा समाज निर्माण अभियानमा सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै मादी तटमा बीच फुटवलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध समेत गरेका छन् ।

रिभरसाइड युवा क्लवका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडि विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मर्स्याङ्गदी क्वलका खेलाडी विमल राना, संकटा क्लवमा दिपेश आले, अर्डर क्वल भण्डारढीकका प्रशिक्षक सुवास तामाङ्ग, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटवलको विकासमा सबै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय स्तरका क्लवमा आवद्ध खेलाडिहरुले विगत १ वर्षदेखि प्रशिक्षण गर्राईरहेका तनहुँ र कास्की जिल्लाका गरी १० क्लवको फेस्टिवलमा सहभागिता रहेको छ ।

न्यु स्टार र हाइस्कुलटार बीच भएको उद्घाटन खेलमा न्यू स्टार १ गोलले विजयी भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker