इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी हवल्दार अख्तियारको फन्दामा
भञ्ज्याङ न्यूज
तनहुँमा एक प्रहरी हवल्दार अख्तियारको फन्दामा परेका छन् । नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस मागेपछि उनि अख्तियारको फन्दामा परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलचौतराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
प्रहरी हवलदार भण्डारीले विभिन्न वहाना बनाई सेवाग्राहीसंग दश हजार रुपैयाँ घुस मागिरहेको भन्ने उजुरी तथा सूचनाका आधारमा टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी गराएका छन् । घुस रकम सहित पक्राउ परेका भण्डारी उपर थप अनुसन्धान भइरहेको उनले बताए ।










