पाँचौँ शुक्लागण्डकी महोत्सव : अन्तरपालिका स्तरीय भलिबलको फाइनलमा बौद्धिकाली र अर्जुनचौपारी भिड्ने

दुलेगौंडा : पाँचौँ शुक्लागण्डकी महोत्सव अन्तर्गत आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा बौद्धिकाली र अर्जुनचौपारी भिड्ने भएका छन्।

सोमवार सम्पन्न सेमिफाइनल खेलमा अर्जुनचौपारी गाउँपालिका ले पुतलीबजार नगरपालिका लाई ३–२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। यस्तै, बौद्धिकाली गाउँपालिका ले शुक्लागण्डकी नगरपालिका ‘ए’ टोलीलाई ३–२ कै रोमाञ्चक सेटमा हराउँदै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको छ।

मंगलवार बिहान तेस्रो स्थानका लागि पुतलीबजार र शुक्लागण्डकीबीच प्रतिस्पर्धा हुने छ भने बिहान ११ बजे फाइनल खेल सञ्चालन गरिने प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सीनाले जानकारी दिए।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ द्वारा आयोजित प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टोलीले क्रमशः रु २ लाख, रु १ लाख ५० हजार, रु ५० हजार र रु २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, कोच र बेस्ट सर्भरलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

शुक्लागण्डकी नगरपालिका को संरक्षकत्व तथा महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समितिको सह–आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ। महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र र स्वास्थ्य शिविरसहित कुल १७५ वटा स्टल समावेश गरिएको छ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker