शुक्लागण्डकीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण

तनहुँको शुक्लागण्डकी नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने गरी प्रारम्भिक कार्य अगाडि बढाएको छ । नगरभित्र संचालित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सहभागी गराइ नगरपालिकाले विषय विज्ञमार्फत बालमैत्री स्थानीय शासन सम्बन्धमा अभिमुखीकरण गरेको छ ।

नगर उपप्रमुख खुमबहादुर वि.क. (राजु), प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, बाल सञ्जालका अध्यक्षसहित सहभागी सबैले शुक्लागण्डकीलाई छिट्टै बालमैत्री पालिका घोषणा गर्ने सामुहिक प्रतिवद्धतासहित कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख वि.क. आमाको गर्भमा रहदाँदेखि नै बालअधिकारको विषय आउने गरेको हुँदा शुक्लागण्डकीले बालअधिकार सुनिश्चितका लागि काम गरिरहेको बताए । उनले भने, ‘गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्थादेखि सुत्केरी आमा र बच्चाको पोषण व्यवस्था गर्दै गरिएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा कम्तिमा कक्षा ३ सम्मका विद्यार्थीलाई सबै कुरामा निःशुल्क गराउने गरी शिक्षा क्षेत्रका विज्ञहरुबाट सुझाव संकलन भइरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बालमैत्री स्थानीय शासन कार्यान्वन गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । यसका लागि बाल विकास, बाल बचाऔं, बाल संरक्षण र बाल सभागिता मुख्य सूचक रहेको र अन्य विभिन्न उपसूचकहरु पुरा गर्नुपर्ने बताए ।

‘तुलनात्मक रुपमा ढिलै भएपनि असल अभियानको सुरुवात भएको छ । यसमा तपाई हामी सबैको सहकार्य, सहयोग र समन्वयको खाँचो छ’, उनले भने, ‘शुक्लागण्डकी यस अभियानको प्रारम्भिक चरणमा रहेको छ । विभिन्न चरणहरु पुरा गर्न दुइ बर्ष लाग्ने हुँदा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा विद्यालयको ठुलो भुमिका रहन्छ ।’

बालमैत्री स्थानीय शासन अवलम्बन, कार्यान्वयन र घोषणाका क्रममा ध्यान दिनुपर्ने पक्षहरूमा विज्ञ हरि सिं गुरुङले सहजिकरण गरेका थिए । उनले जिल्लाका १० पालिकामध्ये हाल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा मात्रै प्रारम्भिक चरणको कार्य सुरु भएको जानकारी दिए । उनले भने, ‘बालमैत्री पालिका घोषणा गर्न विभिन्न ५१ वटा सूचक पुरा गर्नुपर्ने हुन्छ । बालबालिकालाई बच्चाबच्ची वा केटाकेटीको रुपमा नहेरी एउटा नागरिकको रुपमा हेरिनुपर्ने र सोही अनुसारको अधिकार, सहभागीता र अवसर सुनिश्चित गर्नुपदर्छ ।’

विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सन गरी ३५ जना सहभागिता रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख सुशिल नरालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker