तनहुँको व्यासलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा-पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ खोप समन्वय समिति व्यास नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो ।

पालिकाभित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी गराए । जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडालाई पूर्ण खोपयुक्त वडा बनाउँदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उनले बताए ।

चैत महिनाभर सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको र्सर्वेक्षण गरी अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिका पत्ता लगाइएको थियो । वैशाख महिनामा खोज र खोप अभियान संचालन गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि पूर्ण खोप घोषणा गरेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी गराइन् ।

नगरपालिकाभर ०-५९ महिना उमेर समूहका ३ हजार ४१९ जना बालबालिका रहेकोमा ३८ जना खोप लगाउनबाट छुटेका थिए । जसमा एक जना बालकले कुनै पनि खोप नलागएको र ३७ जना आंशिक रुपमा बञ्चित रहेको निरीक्षक गुरुङले जानकारी गराइन्।

उनका अनुसार छुटेका मध्ये १ र २ का ५/५ जना, ३ र ४को एक/एक जना, ५ नं. वडाका १० जना, ७ को ३ जना, १० र ११ का ३/३ तथा १२ को ८ जना रहेका थिए । उनीहरुले पनि खोप पाएपछी पूर्ण खोप घोषणा गरिएको हो ।

कार्यक्रममा पालिका खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पूर्ण खोपले स्वस्थ्य नागरिक उत्पादनमा सहयोग पुग्ने बताए । स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए । उनले आधारभूत स्वास्थ्य सम्बन्धी जिम्मेवारी स्थानीय सरकारको भएकाले नागरिक सचेतना मार्फ र्सर्नेसँगै नर्सर्ने रोगबारे पनि ध्यान दिन उनले आग्रह गरे ।

यस्तै, कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पूर्ण खोप घोषणाको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए। उनले भने, ‘पालिका नागरिकको स्वास्थ्यका सवालमा गम्भिर रहेकाले सहज र सुलभ सेवा दिन पालिका प्रतिवद्ध छ ।’

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र पालिका खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले पालिका प्रमुख न्यौपानेलाई हस्तान्तरण गरेका थिए भने वडा कार्यालयलाई नगरप्रमुख न्यौपानेले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ ।

यसैगरी नेपालको संविधान २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवाहरुको संचालन तथा ब्यवस्थापन स्थानीय सरकारको अधिकारक्षेत्र भित्र ब्यवस्था भएको सो अनुसार स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार र वडा समितिको काम कर्तव्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अर्न्तर्गतको खोप सेवा संचालनको ब्यवस्था गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker