माछा मार्ने क्रममा करेन्ट लागेर शुक्लागण्डकीमा एककाे मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ओख्ले निवासी २८ वर्षीय सन्तोष कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकी नगरपालिका–६ ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले बिहान ३ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker